१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

सरकारले पक्राउ पुर्जी जारी गरेर दमनको नीति लिएको छ: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउ पुर्जी जारी गरेर सरकारले दमनको नीति लिएको बताएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले सरकारले पक्राउ पुर्जी जारी गरेर दमनको नीति लिएको र त्यो लोकतान्त्रिक मर्म विरुद्ध रहेको बताएको हो।

'समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ । तर सरकारले प्रत्यक्ष रुपमा पक्राउपुर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्म विरुद्ध छ',  विज्ञप्तिमा उल्लेख छ।

सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत रहेको पनि माओवादीले जनाएको छ। 

प्रकाशित: २९ जेष्ठ २०८२ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App