२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

टेलिकमले भन्यो: प्राविधिक समस्या थियो, समाधान भयो

नेपाल टेलिकमको नेटवर्कमा देखिएको प्राविधिक समस्या समाधान भई सेवा पुनः सुचारु भएको छ।मंगलबार केही समयका लागि टेलिकमको सेवा अवरुद्ध हुँदा देशभरका लाखौं ग्राहक प्रभावित भएका थिए।

कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एक जरुरी सूचना जारी गर्दै प्राविधिक कारणले सेवामा अवरोध आएको स्वीकार गरेको छ। उक्त समस्यालाई तत्काल समाधान गरी सेवाहरूलाई सामान्य अवस्थामा फर्काइएको कम्पनीले जनाएको छ।

टेलिकमले सूचनामा भनेको छ, ‘नेपाल टेलिकमको नेटवर्कमा प्राविधिक समस्या उत्पन्न भई केही समय सेवा अवरोध हुन गएकोमा हाल उक्त समस्या समाधान भई सेवा सुचारु भइसकेको व्यहोरा अनुरोध गर्दछौं।’

हाल टेलिकमका भ्वाइस कल र डाटा लगायतका सबै सेवाहरू सामान्य रूपमा सञ्चालनमा आएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८२ १८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App