७ असार २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको माग गर्दै अनेरास्ववियुमा नाराबाजी

नेकपा (एमाले)निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्यार्थीहरूले निर्वाचन प्रकृया अघि बढाइरहेको अवस्थामा एक्कासी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि विद्यार्थीहरू आक्रोसित बनेका छन्।

विद्यार्थीहरू आक्रोसित बनेपछि बन्द सत्र सुरु भए पनि निर्वाचन प्रकृया अघि बढेको छैन।

निर्वाचन प्रकृयामा अघि बढ्न पाँच जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामी लगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएर नाराबाजी सुरु भएको एक विद्यार्थी नेताले बताए।

‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरू आकांक्षीले असहमति जनाउँदै हलभित्र 'वी वान्ट इलेक्सन' भन्दै नाराबाजी गरिररहेका छन्,’ उनले भने, ‘निर्वाचन प्रकृयामा जाने अध्यक्षको आकांक्षीहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडडियाले आकांक्षा रखेका छन्।’

प्रकाशित: २७ जेष्ठ २०८२ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App