१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संघीय संसद्का चार समितिको बैठक बस्दै, के छन् कार्यसूची?

आज (शुक्रबार) संघीय संसदका चारवटा समितिको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छन्।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्ने छ। जुन बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुने छ।

दिउँसो १ः०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुँदै छ।

यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल हुने छ। यो बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने छ। यो बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

प्रकाशित: १६ जेष्ठ २०८२ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App