बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेपछि मंगलबार सूचना टाँस गरेर ११ बजेका लागि बोलाइएको थियो ।
अहिले सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। छलफलमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीले अडान कायमै राखेका छन्। सचेतकहरूको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने सहभागी भएको छैन।
प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) का सांसदले गृहमन्त्रीको राजीनामा माग गर्दै मंगलबारको सदन अवरोध गरेका थिए ।
सत्तापक्षले भने पहिले गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएको छ ।
प्रकाशित: १४ जेष्ठ २०८२ १२:१६ बुधबार





