११ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

बजेटको सुरसार छैन, ‘फिडब्याक’ माग्दै बालेन

कर्मचारी  विवादका कारण काठमाडौं महानगरपालिकाले बजेट नै अन्योलमा छ। यस्तोमा मेयर बालेन साहले भने आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ भन्दै फिडब्याक मागेका छन्।  

आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ? पृष्ठपोषण दिनुहोस्,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीलाई अनलाइनबाट पृष्ठपोषण प्रदान गर्नुहोस्। हामी तपाईँका आवाजलाई नीति, बजेट र कार्यक्रममा समावेश गरेर कार्यान्वयनमा ल्याउनेछौँ।’  

नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले सुझाव तथा पृष्ठपोषण संकलनका लागि अनलाइन प्रणाली सार्वजनिक गरेको उनले लेखेका छन्। ‘पोर्टलमा महानगरको पहिचान, जीवन्तता, विकास र समृद्धि, आधारभूत आवश्यकताको पूर्ति, सामाजिक विकास, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा सेवा र सुविधा वितरणलगायत शीर्षक र उपशीर्षकहरू राखिएका छन्,’ उनले लेखेका छन्, ‘यी शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेका विषयमा पोर्टलको अन्त्यमा राखिएको ‘अन्य’ खण्डमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ।’

उनले यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी र सुझाव पृष्ठमा जाने बटन रहेको जानाउँदै पेजमा राखिएका २३ वटा शीर्षकमा प्राप्त सुझावहरूको विवरण पनि यही पृष्ठमा हेर्न सकिने बताए।

प्रकाशित: ११ जेष्ठ २०८२ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App