राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको तिला गाउँपालिका-९ मा असिनाले पुर्याएको क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत शाहीले यस्तो आग्रह गरेका हुन्। उनले जुम्लाको तिला गाउँपालिका-९ मा हावाहुरीसहित झण्डै आधा फिटसम्म परेको असिनापानीले बालीनालीमा ठूलो क्षति पुर्याएको बताएका छन्। उनले यस समयमा जुम्लावासी आमाबुबा तथा दाजुभाइलाई प्राकृतिक विपत्तिले पुर्याएको क्षतिपूर्ति उपलब्ध गराइदिन संघीय सरकार र स्थानीय सरकारलाई अपिल गरे।
उनले भनेका छन्, 'माननीय गृहमन्त्रीज्यू, जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ। हावाहुरीसहित परेको असिनापानीले बालीनालीमा ठूलो क्षति पुर्याएको छ। आदरणीय जुम्लावासी आमाबुबा तथा दाजुभाइलाई प्राकृतिक विपत्तिले पुर्याएको क्षतिपूर्ति उपलब्ध गराइदिन हुन संघीय सरकार र स्थानीय सरकारलाई अपिल गर्दछु।'
प्रकाशित: १० जेष्ठ २०८२ ११:३४ शनिबार





