राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएको केही विषयमा निजामती कर्मचारीहरूले असन्तुष्टि पोखेका छन् । खासगरी वृद्धि विकासका बारेमा मस्यौदाले नसमेटिएको उनीहरूको भनाइ छ ।
मस्यौदामा राखिएको व्यवस्था परिमार्जन नगरी जस्ताको त्यस्तै पास भएमा राजपत्र अंकित कर्मचारी ९कार्यालय सहयोगी देखि नायब सुब्बासम्म०हरू लामो समयसम्म बढुवा नहुने, सहसचिव सम्मका कर्मचारीहरूको पनि वृद्धि विकास ढिलो सुस्ती हुने भएकोले कर्मचारीहरू असन्तुष्ट भएको नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्मा पौडेलले बताए ।
उनका अनुसार असन्तुष्ट कर्मचारीहरूले बुधबार राज्य व्यवस्था समितिमा सभापति रामहरि खतिवडालाई भेटेका थिए।
खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई टेलिफोन गरी संघीय निजामती सेवा ऐनको मस्यौदामा खासगरी वृद्धि विकासको विषयमा माग सम्बोधन गर्ने गरी भाषा मिलाउन आग्रह गरेका थिए ।
शर्माको अनुसार खतिवडाले भनेका थिए, ‘परिवारका अरु सबै सदस्यहरू बिरामी भए मुली मात्र ठिक भएर हुँदैन, परिवारका अन्य सदस्यहरूको पनि उपचारमा पनि लाग्नु पर्छ । नायब सुब्बा लगायतका साथीहरूको वृद्धि विकासको विषयमा हामीलाई मात्र दोषी नदेखाउनु होस । तपाईहरुले पनि होमवर्क गरेर सहयोग गर्नुहोस् ।’
आफूले संघीय मामिला मन्त्री तथा सचिवलाई टेलिफोन गरी केही विषयमा भाषा मिलाउन आग्रह गरेको खतिवडाले बताए। ‘मैले संघीय मामिला मन्त्री तथा सचिव ज्युलाई टेलिफोन गरी केही विषयमा भाषा मिलाउन आग्रह गरेको हुँ’ खतिवडाले नागरिकसँग भने,‘मस्यौदामा राखिएको विषयमा भाषा फेरबदल हुन सक्छ ।’
प्रकाशित: ७ जेष्ठ २०८२ १७:५९ बुधबार