२ असार २०८२ सोमबार
image/svg+xml
राजनीति

माओवादीको आक्रोश: दुई तिहाइ हुँदैमा संसदमा विपक्षीले बोल्न पाइँदैन ?

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र बहादुर आङ्वोले दुई तिहाइ बहुमत हुँदैमा विपक्षीले संसदमा बोल्नै हुँदैन जस्तो व्यवहार गरिएको आरोप लगाएका छन् ।

उनले मंगलबार नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभामा धारणा राख्दै  प्रतिपक्षले गुण र दोषका आधारमा सरकारको कामको समर्थन र विरोध गर्ने पद्धति रहेको स्मरण गराउँदै दुई तिहाइ हुँदैमा विपक्षीले बोल्नै नपाउने भन्ने नहुने बताए ।

उनले आक्रोशित हुँदै भने,‘०८४ सम्म खान्छौँ भन्नु भएको छ । खानुस् । खानुस् भनेरै छाडेका हौँ । आलोपालो खाने भन्नु भएको छ । त्यो पनि पुरा होस्  शुभकामना दिन्छौँ । तर, सरकारमा पुगेपछि विपक्षीले प्रश्न सोध्दा पनि  झम्टिनु पर्छ ? दुई तिहाइको सरकार भन्ने बित्तिकै संसदमा प्रश्न उठाउन नपाइने ? हामीले प्रश्न गर्दा सत्तापक्षका सांसदहरू मुखै थुन्न खोजे जसरी संसदमा  प्रस्तुत हुनुपर्छ ?’

आङ्वोले कोशी प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतमा विवादमा परेका, अनावश्यक, महत्त्वाकाङ्क्षी र क्षेत्राधिकार बाहिरका आयोजनाहरू पनि समावेश गरिएको टिप्पणी गरे । आङ्वोले विगतमा विवादित भएर हटाएको मुख्यमन्त्री ड्यासबोर्डलाई निरन्तरता दिइएको, कार्यक्षेत्र बाहिरको विराटनगर विमानस्थल विस्तार, रेलमार्ग, सुरुङ मार्गलगायतका आयोजनाहरू समावेश गरिएको बताए । आङ्वोले कृषि र शिक्षा प्रति नीति तथा कार्यक्रम अनुदार देखिएको टिप्पणी गरे । 

प्रकाशित: ६ जेष्ठ २०८२ १८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App