१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनार्दनले भेटे देउवा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

शर्मा देउवा भेट्न शुक्रबार (आज) देउवानिवास बूढानीलकण्ड पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको शर्माले बताएका छन्।

'पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भयो,' शर्माले भनेका छन्।

यसअघि देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि फोनमार्फत कुराकानी गरेका छन्। देउवाको गृहजिला डडेलधुरा पुगेका दाहालले त्यहीँबाटै फोन गरेका थिए। फोनमा के कुराकानी भयो भन्नेबारे भने दाहालले खुलाएका छैनन्।

अहिले कांग्रेस प्रमुख सत्ता साझेदार दल हो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल हो। पछिल्लो यी दुई पार्टीका बीचमा सत्ता-सहकार्य हुने चर्चा चलिरहन्छ। यही पृष्ठभूमिमा शर्माले देउवालाई भेटेका हुन्।

प्रकाशित: २ जेष्ठ २०८२ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App