३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तीन सांसदको पद निलम्बनमा, एक फरार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ ।

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)  प्रविधि खरिद प्रकरणमा आयोगले पूर्व मन्त्री बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सत्तारूढ कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीसँगै तीन पूर्व मन्त्रीको सांसद अहिले निलम्बनमा परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फौजदारी अभियोगमा मुद्दा दायर भएका  एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको पनि सांसद पद निलम्बनमा रहेको छ । रायमाझी र लामिछाने अहिले पुरपक्षका लागि थुनामा रहेका छन् । सहकारी प्रकरणमै राप्रपाकी सांसद गीता बस्नेत फरार रहेकी छिन् ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् । उनलाई पनि अख्तियारको मुद्दा विशेष अदालतले सजाय तोकेको थियो ।

प्रकाशित: १ जेष्ठ २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App