संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्नेछ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित: १ जेष्ठ २०८२ १५:३६ बिहीबार