१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गोकुल भन्छन्ः प्रधानमन्त्रीज्युले भन्नुभो–कडा छाै, उहाँकै चेलो न परेँ

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चेलो भएकाले आफू कडा नै रहेको बताएका छन्। मंगलबार काभ्रेको बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोकुलले यस्तो बताएका हुन्।  

‘प्रधानमन्त्री ज्यु ले नि भन्नुभो कडा बोल्दा नि फाइदा हुँदो रहेछ कहिलेकाहीँ,’ गोकुलले भने, ‘मैले भने–शैली त आआफ्नो हो, तर उहाँभन्दा कडा र उहाँभन्दा देशका लागि अडान लिने यो देशमा को होला र? कोही छ त ? छैन। त्यसैले उहाँकै चेलो त परियो।’  

प्रधानमन्त्री ओलीका सामू कडापनमा कसैको प्रतिस्पर्धा नहुने पनि उनले बताए। ‘प्रधानमन्त्री ज्युको हुटहुटीका सामू, त्या कडाइपनका सामू सायद धेरैलाई कम्पिटिसन गर्न गाह्रो छ,’ गोकुलले भने।  

प्रकाशित: ३० वैशाख २०८२ १७:४४ मंगलबार

#gokul baskota #KP Sharma Oli