८ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

जो भान्से छ, बजेट उतैउतै जान्छ : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बजेट बाँडफाँट सन्तुलित तवरले हुनुपर्ने बताएका छन्।

मङ्गलबार (आज) संसद्‌मा जारी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि बोल्दै केसीले यस्तो बताएका हुन्।

'हाम्रो निर्वाचन क्षेत्रमा बजेट पर्दैन। जो भान्से छ, प्राय: बजेट उतैउतै लाने चलन छ। बजेट पार्नुपर्छ, बजेट परेन भनेर बारम्बार त्यही गुनासो सुनिन्छ। गतसालतिर म सम्बन्धित मन्त्रालय, मन्त्री साथीहरूको घर-घर, डेरा-डेरा गएँ। उहाँहरूले त के भनेर विश्वस्त पार्नुहुन्छ भने तपाईंहरूले यहाँ दु:ख पाउने नै होइन, हामीले गर्नुपर्ने काम नियमसंगत तरिकाले गर्छौँ भन्नुहुन्छ, बजेट आउने बेलामा चाहिँ त्यो देखिँदैन,' उनले भने।

उनले बजेट वितरणमा कसैलाई काखा र पाखा गर्न नहुने बताए। 'सत्ता-शक्तिमा भएको बेलामा निर्भीक भएर निष्पक्षताका साथ सबै ठाउँ र सबै जनालाई सन्तुलित बजेट बाँड्ने गर्नुपर्छ। जसको पहुँच छ, उसको क्षेत्रमा बढीभन्दा बढी जान्छ। त्यस्तो हुनुहुन्न,' उनले भने।

प्रकाशित: ३० वैशाख २०८२ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App