१० असार २०८३ बुधबार
image/svg+xml
राजनीति

मिटरब्याज पीडितले रविसँग कारागारमै भेटे

मिटरब्याज पीडितहरूले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन्।

पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन्।

उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको बताएका थिए। जवाफमा लामिछानेले 'धैर्य गर्नुस्, न्याय मिल्छ' भनेर आश्वासन दिएका छन्। 

आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरिबबीचको लडाइँ लामो चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनुपरेको उनले बताएका थिए।

प्रकाशित: २९ वैशाख २०८२ १५:४६ सोमबार

#rabi lamichhane