१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्नः तीनकुने घटनाको माइबाप भेटिन्न, कि राजतन्त्रको प्रेतले लगाएको हो आगो?

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेर समाजवाद नआउने बताएका छन्। आइतबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘घोषणा गरेर समाजवाद होला ? अराजकता हटाउनुपर्दैन हामीले? सामाजिक सञ्जाल यस्तो छ,’ प्रधानमन्त्री ओलीले भने,‘त्यो तीनकुने घटनाको कोई माइबाप भेटिदैन, को हो आयोजक?’  

‘यल्ले उल्लाई भन्छ, उल्ले उल्लाई, उल्ले उल्लाई भन्छ! सोध्यो भने–म त पछि आइपुग्या भन्छ, कोही म त अघि आइपुग्या थिएँ, हिँडिहाले भन्छ,’ प्रधानमन्त्री ओलीले भने।  

‘यो राजतन्त्र प्रेत कस्तो रहेछ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘प्रेतैले फाल्या हो ढुंगा? प्रेतैले लगाएको हो आगो? कि कोही मान्छे पनि थियो?’  

सांसदले समाजवादबारे उठाएको प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। ‘यसर्थ माननीय ज्यु समाजवादीतर्फ नै अघि बढ्ने हो तर अहिल्यै बेला भएको छैन। अघि बढ्ने नै हो अनेस्टली,’ प्रधानमन्त्री ओलीले भने।  

प्रकाशित: २८ वैशाख २०८२ १५:४९ आइतबार

#KP Sharma Oli #Tinkune Ghatana