प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले सामाजिक सञ्जालका फेक एकाउन्टमा अल्झिएका युवाको भविष्य निर्माणको बाटो खोल्ने विश्वास लिएका छन्। आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरुमा अलमलिएका युवाहरुलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जागरण र ऊर्जा पैदा गर्ने बाटो खोल्नेछ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले बताए।
यसपटकको नीति तथा कार्यक्रममा सबै पक्षलाई समेटिएको उल्लेख गर्दै त्यसमा पनि युवाहरुलाई स्टार्टअप मार्फत उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाई सँगसँगै सरकारी सेवाको इन्टर्नशीपमा प्रवेशको ढोका खोल्ने नीति लिएको बताए।
उनले भने, ‘जेन–जी पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याएको नीति तथा कार्यक्रम भएकाले यहाँहरुले यसको आकार र भाषामा परम्परा तोडिएको पाउनुहुनेछ।’
प्रकाशित: २८ वैशाख २०८२ १३:२९ आइतबार

