राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन भएको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै प्रमुख सचेतक परियारले यस्तो टिप्पणी गरेका हुन्।
उनले नीति तथा कार्यक्रमले राजनीतिप्रति बढ्दो वितृष्णा सम्बोधन नगर्ने समेत बताए। नीति तथा कार्यक्रम आम नागरिकमा देखिएको राजनीतिप्रतिको वितृष्णा हटाउने गरी नआएको उनको भनाइ छ।
परियारले १५५ बुँदामा आधारित कार्यक्रमले जनतालाई लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध बनाउने कुनै स्पष्ट दिशानिर्देश नदिएको पनि उल्लेख गरे।
प्रकाशित: २८ वैशाख २०८२ १२:५३ आइतबार





-600x400.jpg)