२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सफल 'अपरेसन सिन्दूर' का लागि निधिले दिए भारतलाई बधाई

नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले भारतीय सेनाले आतङ्ककारीको विरुद्धमा गरेको सफल 'अपरेसन सिन्दूर' का लागि बधाई दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सफल अपरेसन सिन्दूरका लागि बधाई दिँदै आतङ्कवाद विरुद्धको सङ्घर्षमा भारतको साथमा रहेको बताएका हुन्।

उनले लेखेका छन्,'भारतीय सेनाले आतङ्ककारीको विरुद्धमा गरेको सफल अपरेसन सिन्दूरका लागि बधाई छ। पहलगाममा घुम्न गएको हाम्रो नेपाली नागरिक सुदिप न्यौपाने सहित२६भारतीय पर्यटकलाई आतङ्ककारीहरूले बिनाकारण  गोली हानी हत्या गरेको दुखद घटनाको यो स्वाभाविक जबाफ हो। आतङ्कवाद विरुद्धको सङ्घर्षमा हामी भारतको साथमा छौँ।'

प्रकाशित: २५ वैशाख २०८२ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App