१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहाललाई कांग्रेस नेताको जवाफ: आफ्नै सहयोद्धाको भावना नबुझ्नेले देशको भावना बुझ्न सक्दैन

नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति एवं सांसद वीरबहादुर बलायरले आफ्नै सहयोद्धाको भावना बुझ्न नसक्ने नेताले देशको भावना बुझ्न नसक्ने टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इङ्गित गर्दै सांसद बलायरले यस्तो बताएका हुन्। 

‘प्रतिपक्षी दलको नेताले पनि अस्ति आफूबाहेक कोही छैन भन्नुभयो,’ मङ्गलवार प्रतिनिधिसभामा बोल्दै सांसद बलायरले भने, ‘म इमानदार पार्टीको कार्यकर्ता भएको नाताले हामी त इमानमा छौँ। विपक्षी दलको नेतालाई आज सोध ववाविटोलेलोसी भन्ने छ एउटा।’ 

त्यो भनेको व–वैद्य(मोहन वैद्य), बा–बाबुराम भट्टराई, वि–विप्लव(नेत्रविक्रम चन्द), टो–टोपबहादुर रायमाझी, ले–लेखराज भट्ट, लो–लोकेन्द्र विष्ट मगर र सी–सिपी गजुरेललाई भनेको उनले बताए। 

‘हिजो तपाईँसँगै मर्न र मार्न तयार भएका यी सहयोद्धाहरू आज तपाईँसँग हुनुहुन्न। उहाँहरूको चित्त बुझाउन सक्नुभएन,’ बलायरले भने, ‘आज हामीमा तपाईँको अहिले पनि गन्ध छ। ०८४ सम्मका लागि तपाईँ र हामी मिश्रित एउटा जनमतको भावना छ।’ कम्तीमा ०८४ सम्म सुमधुर सम्बन्ध राख्ने पनि उनले बताए। 

‘तर तपाईँले आफ्नै साथीहरूको भावना राख्न नसकेको अवस्थामा देशको भावना सम्बोधन गर्न सक्नुहुन्न,’ बलायरले भने। 

प्रकाशित: २३ वैशाख २०८२ १५:३३ मंगलबार

#Bir Bahadur Balayar #Prachanda