१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममाथि किराती: 'सञ्जीवनी बुटी पत्ता लगाउन नसक्दा हनुमानले पहाडै बोकेर ल्यायो'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले नीति तथा कार्यक्रममा नयाँ र प्रभावशाली कुरा केही नअटाएको बताएका छन्।

सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै किरातीले यस्तो बताएका हुन्।

'नीति तथा कार्यक्रम प्रस्तुत भयौँ, सुन्यौँ र घर गएर पटकपटक पढ्यौँ। त्यो पढ्दा मलाई रामायणको कथाको एक टुक्रा याद आयो। रामचन्द्रले हनुमानलाई सञ्जीवनी बुटी ल्याउन भनेर पठाएछ। बुटी पत्ता लगाउन नसक्दा हनुमानले पहाड बोकेर ल्याएछ। झट्ट हेर्दा यहाँ धेरै कुरा छन्। तर, नयाँ र प्रभावकारी केही पनि भेटिनँ। शब्दजालले भरिएको मनोचिन्ते झोलाजस्तै रहेछ,' उनले भने।

यस्तै उनले अवैध ढङ्गले विदेशी बैंकमा राखिएका सम्पत्ति ल्याउने विषय पनि नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए।

'मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको कुरा जताततै व्याप्त छ। जनताले पनि चासो राखेका छन्। एकैचोटी नीति तथा कार्यक्रममा मन्त्रीहरूको सम्पत्तिसहित देशबाट अवैध ढङ्गले भ्रष्टाचार गरेर विदेशी बैंकमा लगेर थन्काएको सम्पत्ति पनि नेपाल ल्याइन्छ भन्ने नीति तथा कार्यक्रममा ल्याइन्छ भनेको त आएन, यो राख्नुपर्छ,' उनले भने।

प्रकाशित: २२ वैशाख २०८२ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App