१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

‘निर्वाचन मात्र लक्ष्य होइन, नौटंकी सरकारको भण्डाफोर गर्नुपर्छ’

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन आफ्नो पार्टीको अन्तिम लक्ष्य नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘नौटंकी’ को संज्ञा दिँदै यसको भण्डाफोर गर्न निर्वाचनमा बढीभन्दा बढी सिट जित्नुपर्ने बताए।

“चुनाव कार्यनीतिक लक्ष्य हो, तर हाम्रो मुख्य लक्ष्य होइन। यदि हामीले निर्वाचनमा धेरै सिट जित्यौँ भने संसद्मा गएर यो नौटंकी सरकारको भण्डाफोर गर्न सक्छौँ,” खनालले भने।

खनालले सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोली बढी र कार्यान्वयन कम भएको टिप्पणी गरे। “यो नीति तथा कार्यक्रम नौटंकी मात्र हो। बोल्ने कुरा धेरै छन्, तर गर्ने कुरा निकै कम,” उनले भने।

वर्तमान संविधानलाई पुँजीवादी भन्दै खनालले यसलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताए। “यो संविधान पुँजीवादमा आधारित छ। हामी यसलाई आलोचनात्मक रूपमा हेर्छौँ,” उनले भने।

उनले राष्ट्रिय एकताका लागि वैज्ञानिक समाजवादले मात्र नेपालका समस्या समाधान गर्न सक्ने जिकिर गरे।

प्रकाशित: २० वैशाख २०८२ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App