१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने सरकारको तयारी

सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको छ।

शुक्रबार (आज) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

'आधारभूत तथा अत्यावश्यक औषधिहरूको उत्पादन तथा प्रवर्द्धन गरिनेछ। औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ। आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्द्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।   

प्रकाशित: १९ वैशाख २०८२ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App