११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रेम आलेको दुखेसो: हमे तो अपनो ने लुटा....

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीविरुद्ध प्रतिनिधिसभा बैठकमा आक्रोश पोखेका छन्। सोमबार नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि छलफलमा सहभागी हुँदै आलेले पार्टीको दबाबमा अधिकारीलाई महा प्रबन्धक नियुक्त गरेर गल्ती भएको भन्दै आक्रोश पोखेका हुन्। 

‘अघि अमरेश माननीय भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो। मेरै पालामा बनेको हो,’ आलेले भने,‘तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो, साधु हो भनेर। थाहा त हुँदैन।’ 

त्यो बेलामा आफूले ‘धेरै पटक जुनियर मान्छेलाई नबनाऊ’ भनेको आलेले दाबी गरे । ‘नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। हिन्दीमा एउटा कहावत छ–हमे तो अपनो ने लुटा गैरो मे कहाँ था दम, मेरी किस्ती वहीँ डुबी जहाँ था पानी कम,’ आलेले भने। 

प्रकाशित: १५ वैशाख २०८२ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App