१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

शेखरको टिप्पणी: शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकमाथि सरकारले बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण भएको टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जालमा अभिव्यक्ति राख्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

‘शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो,’ कोइरालाले लेखेका छन्, ‘पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’ 

‘अब धेरै ढिला भयो’ भन्दै कोइरालाले ले  एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार बानेश्वरमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। त्यसपछि उत्पन्न विवादले प्रहरीले शिक्षकबिच झडप भएको थियो। झडपमा एक पत्रकारसहित २७ जना घाइते छन्। 

प्रकाशित: १४ वैशाख २०८२ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App