१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

हिन्दूलक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कश्मिरमा भएको हिन्दूलक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्। पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्।

उनले उक्त हमला दर्दनाक किसिमको आतङ्ककारी हमला भएको बताए। उनले भने, 'भारतको कश्मिरमा हिन्दूलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतङ्ककारी हमला भयो, यो जघन्य अपराध हो। यो आतङ्कमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ। यो आतङ्ककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन्। उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु।'

‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौं,’ प्रवक्ता महतले भने, ‘यस्ता खाले आतङ्कवादका विरुद्ध सारा विश्व एक हुनै पर्छ।'

प्रकाशित: १४ वैशाख २०८२ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App