१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीको नजरमा रञ्जित रे- अहङ्कारी र सङ्कीर्ण मनका मान्छे

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालका लाग पूर्वभारतीय राजदूत रञ्जित रेको कटाक्ष गरेका छन्।

शनिबार (आज) बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'एउटा राजदूतले भनेको, नेपाललाई होच्याउ।न खाज्या हो त्यो। ती व्यक्तिमा बडा राष्ट्र अहङ्कार छ। तिनले देशको सार्वभौमकिता भन्ने बुझ्दैनन्। स्वाधीनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार मात्रै हेर्छन्,' उनले भने।

रेले केही समयअघि भारतको एउटा टेलभिजिन कार्यक्रममा नेपालको आफ्नै पहचिान नभएको टप्पिणी गरेका थिए। यसका प्रति लक्षित हुँदै ओलीले यस्तो बताएकी हुन्।

'नेपालमै राजदूत भएर कति वर्ष बसेर गएको मान्छेले बोलाइ के हो ? यस्ता मान्छेहरूका बकबास गर्ने मान्छेहरूका पछाडि हामी लाग्ने होइन। ती हाम्रो सर्वाभौम सत्तालाई सम्मान गर्न नसक्ने, सङ्कीर्ण मनका मान्छे हुन्,' उनले भने।

प्रकाशित: १३ वैशाख २०८२ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App