नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले देशमा व्याप्त निराशा हटाउन सरकारले तत्काल ६ वटा काम गर्नुपर्ने सुझाव दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले सरकारलाई शिक्षामन्त्री बनाउनेदेखि विधेयक टुंगो लगाउनेसम्मका काममा तदारुकता देखाउन आग्रह गरेका हुन्।
सरकारलाई पोखरेलले दिएका सुझाव :
निराशाको खेती नगर्नका लागि
१. गभर्नर चाँडो नियुक्त
२. निष्पक्ष र क्षमतावान उपकुलपति नियुक्त
३. दीर्घकालीन सोच भएको शिक्षा मन्त्री बनाऔ
४. सांसदलाई ३*७ करोड रकम नबाँडी प्रतिफल दिने आयोजनका लागि बजेट
५. शिक्षक, डाक्टर , सहकारी पीडितको आन्दोलन संवाद र सहमतिमा टुंगो
६. थाती विधेयक टुगांऔ
लौन!
प्रकाशित: ९ वैशाख २०८२ १३:०४ मंगलबार





