१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

रिहा भए लिङ्देनसहितका नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन्।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू साँझ रिहा भएका हुन्।

सिंहदरबारबाट अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका थिए। काठमाडौं प्रहरी परिसर, भद्रकालीमा झन्डै चार घण्टा राखिएका उनीहरू साँझ रिहा भएका हुन्।

पक्राउ पर्नेहरूमा राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठनका अध्यक्ष अमर आर्यलगायत थिए।

तर, उनीहरू सबै रिहा भएका छन्। यसअघि राप्रपाले साँझसम्म रिहा नगरिए देशभर राँके जुलुश निकाल्ने चेतावनी दिएको थियो।

केही बेरअघि बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई बल प्रयोग नगर्न र त्यसो गरिए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App