परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन्। २१ देखि २५ अप्रिलसम्म बैंककमा हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष भएकाले मन्त्री राणाले यो सत्रको अध्यक्षता गर्नेछन्। उनले नेपालको तर्फबाट सत्रलाई सम्बोधन गर्नेछन्।
यो सत्रको विषय ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ। मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
उनीहरू २५ अप्रिलमा स्वदेश फर्कनेछन्।
प्रकाशित: ७ वैशाख २०८२ १४:१९ आइतबार





