२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले वार्तामा बोलाए आन्दोलनरत् शिक्षकः महासंघको टोली जाँदै

चैत २० गतेबाट काठमाडौंकेन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि बोलाएका छन्। १७ औँ दिनमा प्रधानमन्त्री ओलीले नै वार्तामा बोलाएपछि महासंघको टोली वार्तामा जान तयार भएको छ।  

महासंघका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुकी ७ बजे वार्ताका लागि बोलाएका छन्। महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयार भइसकेका छन्।  

यता शिक्षकहरुले शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन जारी रहने अडानमा छन्। सरकारले शिक्षकको मागअनुसार संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा अघि बढाउन भन्दै वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरिसकेको छ। तर, आन्दोलनरत् शिक्षक भने अहिले आन्दोलन नरोक्ने अडानमा रहँदा सरकार दबाबमा छ।  

शिक्षकले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा दिनहुँ आन्दोलन गरिरहँदा पूरै राजधानी उपत्यकाको सडक अस्तव्यस्त छ। उता विद्यार्थी भर्ना लगायतका शैक्षिक कार्यक्रम प्रभावित छन्।  

शिक्षा मन्त्रालय र शिक्षामन्त्री स्तरबाट प्रतिबद्धता जनाइदा पनि शिक्षकहरुले आन्दोलन नरोकेपछि प्रधानमन्त्री ओलीले आफै वार्तामा बोलाएको सचिवालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८२ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App