१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘सत्ता फेर्नु प्रचण्डको योग साधना हो, जहाँ फलामलाई सुन बनाउँछन्’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रमाथि व्यंग्य गरेका छन्। नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमालले अर्का उपमहासचिव प्रदीप ज्ञवालीको अभिव्यक्ति सेयर गर्दै दाहालमाथि थप व्यंग्य गरेका हुन्।  

‘कांग्रेस–एमाले मिलेर बनाएको सरकारलाई ‘षड्यन्त्र’ भन्न सक्ने साहस त उहाँकै विशेषता हो,’ रिमालले लेखेका छन्, ‘हो नि, उहाँले २०७४ मा कांग्रेस छोडेर एमालेसँग मिल्नु ‘नैतिक’ थियो। नेकपाको दुई तिहाइ सरकार ढाल्नु ‘सैद्धान्तिक’। अनि पाँच दलीय गठबन्धनको काँध चढेर फेरि एमालेकै साथ पाउनु ‘सङ्गतिपूर्ण’।’  

पछिल्लो अवधिमा तीन पटक सत्ता फेरबदल गरेको विषयमाथि पनि रिमालले थप व्यंग्य गरेका छन्।  

‘फेरि त्यो अवधिमा तीन–तीन पटक सत्ता–सङ्गी फेर्नु त मानौँ राजनीतिक योग साधना हो–जहाँ प्रचण्डजी ‘पारसमणि’ बनेर फलामलाई सुन बनाइरहेका हुन्छन्,’ रिमालले लेखेका छन्।

प्रकाशित: ४ वैशाख २०८२ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App