३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । 

महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै असन्तुष्ट उनीहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै बुधबार राजीनामा बुझाएका हुन् ।

राउतका कारण संगठन अस्तव्यस्त बनेको भन्दै उनीहरुले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर चार बुँदे माग राखेका थिए । पत्रमा नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण मिलाइदिन माग गरिएको थियो ।  

राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सीता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन् । उनीहरु शेखर कोइराला निकट मानिन्छन् । 

प्रकाशित: ३ वैशाख २०८२ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App