८ वैशाख २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवासँग भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मङ्गलबार (आज) साँझ ६ बजेपछि बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो संवाद गरेका थिए।

यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बिहानको बैठकमा उनीहरूबीच गत असार १७ गतेको सहमतिलाई कार्यान्वयनमा नचुकाइ अगाडि बढाउने समझदारी भएको छ।

यसबीचमा सरकार परिवर्तनको चर्चा चल्यो। त्यसपछि प्रधानमन्त्री ओली र देउवाबीच छलफल भएको हो।

प्रकाशित: २ वैशाख २०८२ १६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App