११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगन लक्षित महतको बोली- जसले जे सुन्न चाहन्छ, त्यही बोलिदिएर पार्टी बन्दैन

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशन समयमै हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस धनुषा जिल्लाले जनकपुरधाममा शुक्रबार (आज) आयोजित भेटघाट एवम् अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'समयमा हुँदैन भनेर कसैले भनेको छैन। तर, अहिले सक्रिय सदस्यताको कुरा छ। त्यो टुङ्गिएको छैन। अनि कसरी गर्ने ? यो त पुरानोको मात्रै कुरा भयो, नयाँ सदस्यता बाँड्नै बाँकी छ। अनि सबैको सक्रियता बिना कसरी महाधिवेशन हुन सक्छ ?,' उनले भने। 

महतले महाधिवेशनमा पार्टी बुझेको नेतालाई पार्टीको जिम्मा लगाउनुपर्ने पनि बताए। पार्टी बुझेको, लिगेसी भएको र अनुभवी नेतालाई पार्टीको जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले 'पपुलिस्ट' जता हावा बहन्छ, त्यतै-त्यतै जानेलाई पार्टीको जिम्मेवारी दिन नहुने विचार राखे।

'जसले जे सुन्न चाहन्छ, त्यही बोलिदिने, मैले त भनिदिएकै थिएँ भन्नका लागि पनि अहिले जे पनि बोल्ने तर, यो-यो गर्न सकिन्छ, यसरी आवश्यकता पूर्ति गर्ने हो र यसरी समृद्धि आउँछ भन्ने कुराचाहिँ नभन्ने। अनि कसरी बन्छ पार्टी,' उनले भने।

सस्तो लोकप्रियताका लागि बोलिरहेका नेताहरूलाई पार्टी नसुम्पन उनले कार्यकर्तालाई आग्रह गरेका छन्। 'मेक अमेरिका ग्रेट अगेन भनेजस्तो मेक ग्रेट पार्टी अगेन। हामी सबै लाग्नुपर्छ,' उनले भने।

प्रकाशित: २९ चैत्र २०८१ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App