१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

छिमेकी देशको तुलनामा नेपालको ऋण कम छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशकाे तुलनामा नेपालको ऋण कम भएको बताएका छन्। 

मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेकाे बताउँदै छिमेकी देशकाे तुलनामा नेपालको ऋण कम भएको बताएका हुन्।

उनले भने, 'विश्वमा सबैभन्दा बढी ऋण अनुपातमा जापानको धेरै छ। ऋणको अनुपात हेर्ने हो भने छिमेकी देशको भन्दा नेपालको कम ऋण छ। राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ। राष्ट्रिय आयको ५० प्रतिशत ऋणलाई त्यति ठुलो मानिँदैन।'

प्रकाशित: २६ चैत्र २०८१ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App