२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:२९ अपराह्न
राजनीति

सत्तामा रहे वा नरहे पनि नेपाली कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्छ : महत

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरे। उनले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताए।

उनले सत्तामा रहे पनि वा नरहे पनि नेपाली कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताए। सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरूबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गरे। उनले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए।  

सांसद महतले भने, ‘नेपाली कांग्रेसको अनुभव, प्रतिबद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन्। कमी, कमजोरी हुन्छन्। तर डेमोक्रेसीमा जनताले खबरदारी गर्दछन्। खबरदारी सुनेन भने पराजित हुनुपर्छ। त्यही नै डेमोक्रेसीको सुन्दरता हो।’

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद महतले वित्तीय संस्थासम्बन्धी जोडिएका विषयहरूमा पनि गम्भीरताका साथ हेरिरहेको बताए। वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गरे।जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताए।

प्रकाशित: २२ चैत्र २०८१ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App