२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:६ पूर्वाह्न
राजनीति

कार्यकर्ता भेटघाटमा व्यस्त दाहाल: मर्निङवाक गर्दै सामूहिक भोजन

मर्निङवाक गर्दै माओवादी अध्यक्ष दाहाल। तस्बिर: नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाँकेमा कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन्।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्न बुधबार बाँके आइपुगेका दाहालले बिहीबार बिहान कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्दै स्थानीय नेता, कार्यकर्ता, घाइते, अपाङ्गता भएका व्यक्ति र ‘शहीद’ परिवारसँग भेटघाट गरे।

बिहीबार कोहलपुर नगरपालिका-३ मदन चोकदेखि बैजनाथ गाउँपालिका- ४ सम्म मर्निङवाक गरेका दाहालले कोहलपुरस्थित शहीद स्मृति भवनमा तत्कालीन सशस्त्र द्वन्द्वका घाइते, अपाङ्गता भएका व्यक्ति र शहीद परिवारसँग सामूहिक भोजन गरे।

माओवादी नेता तथा पूर्वमन्त्री महेश्वरजङ्ग गहतराज ‘अथक’ले अध्यक्ष दाहालको भेटघाट कार्यक्रमले कार्यकर्तालाई उत्साहित बनाएको बताए।

यसैगरी, दाहालले लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई विश्वविद्यालयको प्रगति र चुनौतीबारे ब्रिफिङ गरिएको थियो।

प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप वाग्लेले अध्यक्ष दाहालसँगै माओवादीका केन्द्रीय नेताहरू पनि बाँकेमा रहेको जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०८१ १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App