२० चैत्र २०८१ बुधबार
image/svg+xml ८:३६ पूर्वाह्न
राजनीति

कांग्रेसको निष्कर्ष: तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

फाइल तस्बिर।

सत्तारुढ नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने ठहर गरेको छ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले तीनकुने घटनामा पूर्वराजाको संलग्नता रहेको दाबी गरे।

उनले भने, “हिजो भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।” बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको उपस्थितिमा भएको छलफलले यो निर्णय गरेको उनले जानकारी दिए।

कांग्रेसले यो घटनालाई लिएर थप रणनीति बनाउने संकेत गरेको छ। तीनकुने प्रदर्शनको विषयलाई लिएर राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ।

प्रकाशित: १६ चैत्र २०८१ २०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App