२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:६ पूर्वाह्न
राजनीति

राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाए : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको बताएका छन्।

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए। 

'अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो,' उनले भने, 'निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला।'

मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताए।

प्रकाशित: १६ चैत्र २०८१ १७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App