२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:६ पूर्वाह्न
राजनीति

‘हामीले एक लाख जनता नबटुलेको भए राजावादीहरूले झन् विध्वंस मच्चाउँथे’

फाइल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार तीनकुनेमा भएको घटना अप्रत्याशित भएको बताएका छन्।

शनिबार राजधानीमा आयोजिक प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादीहरु ठूलो अराजकता र आपराधिक क्रियाकलाप गर्ने षड्यन्त्रको साथ आएको दाबी गरे।

उनले समाजवादी मोर्चाले गणतन्त्र पक्षधरहरूको भेला आयोजना नगरेको भए स्थिति अझ भयावह हुन सक्ने बताए। हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद दिएको सुनाउँदै उनले भने ‘हिजो झन्डै एक लाख जनता नबटुलेको भए झनै ठूलो धनजनको क्षति हुने खतरा थियो।’

दाहालले राजावादीहरूले देशमा विध्वंस मच्चाउने योजना बनाएको उल्लेख गर्दै भने, ‘हामीले गणतान्त्रिक भेला नगरेको भए उनीहरू अझै ठूलो अराजकता फैलाउँथे। उनीहरूको मुख्य लक्ष्य प्रेस नै रहेको देखियो।’

उनले समाजवादी मोर्चाले समयमै संयम अपनाएकाले स्थिति थप जटिल हुन नपाएको बताए।

प्रकाशित: १६ चैत्र २०८१ १५:२७ शनिबार

खुशी 4.8 %
दुखी 4.8 %
अचम्मित 14.3 %
हास्यास्पद 66.7 %
क्रोधित 9.5 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App