गायिका ज्योति मगरले 'व्यवस्था परिवर्तनका नाममा गरिएका अराजक गतिविधिको जिम्मेवारी कसले लिने ?' भनेर प्रश्न गरेकी छन्।
'व्यवस्था परिवर्तनका नाममा गरिएका आपराधिक र अराजक गतिविधिको जिम्मेवारी कसले लिने ? हिजो जनयुद्धको लागि, आज राजाको लागि जनताले ज्यानको आहुति कहिलेसम्म दिने?,' उनले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट राख्दै सोधेकी छन्।
'तपाईं-हामी जस्तो नागरिक यस्ता अराजक र अमानवहरूको इशारामा नाच्नाले देश कहिल्यै हाँस्दैन। कठै मेरो देश, मानवता हराएको देश। आज फेरि सामान्य जनता मारिए, लुटिए। हार्दिक समवेदना भन्नु बाहेक र टुलुटुलु हेर्नु बाहेक अरु केही गर्नसक्ने अवस्था छैन,' उनले भनेकी छन्।
उनले सरकारले नागरिकको धनजनको सुरक्षाका लागि थप सतर्कता साथै रणनीतिक योजना बनाउन जरुरी रहेको पनि बताएकी छन्। उनले प्रतिकात्मक रूपमा भनेकी छन्, 'मेरो देश डुब्न लाग्यो हैन, डुबिसक्यो। आउनुस्, एक आपसमा लडौँ, मरौँ र देश डुबाऔँ।'
आज राजावादीहरूले काठमाडौंको तीनकुने वरपर गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। यस्तै केही गाडी र घर जलाइएका छन्।
प्रकाशित: १५ चैत्र २०८१ २१:०७ शुक्रबार