१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:२ अपराह्न
राजनीति

‘आन्दोलनको नाममा तोडफोड र अराजकता स्वीकार्य छैन, कानुनी दायरामा ल्याउनुपर्छ’

राजनीतिक विश्लेषक मुमाराम खनालले आन्दोलनको नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको तोडफोड, आगजनी र लुटपाट किमार्थ स्वीकार्य नहुने बताएका छन्। उनले यस्ता अराजक गतिविधिलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। 

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘चाहे जोसुकैको आन्दोलन होस् कथित घुसपैठ भनिने झुटो “फण्डा” लाई कानुनी “डण्डा” लाउनैपर्छ।’ 

शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीहरूको आन्दोलन उग्र बनेपछि उनले यस्तो बताएका हुन्। सो आन्दोलनमा प्रहरीसँगको झडपका क्रममा दुई जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

उग्र भिडले व्यक्तिगत सम्पत्तिमा आगजनी र लुटपाट गर्नुका साथै सञ्चारमाध्यमका गाडीहरूमा समेत आक्रमण गरेको थियो।

प्रकाशित: १५ चैत्र २०८१ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App