१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:२३ पूर्वाह्न
राजनीति

कांग्रेस नेताको टिप्पणी- आजको घटना ओली र प्रचण्डको मार्सी भोजको नतिजा हो

नेपाली कांग्रेसका नेता नैनसिं महरले आजको घटनालाई 'ओली र प्रचण्डको मार्सी भोजको नतिजा' भनेर टिप्पणी गरेका छन्।

आज काठमाडौंको तीनकुने आसपास भएको राजावादी प्रदर्शन र त्यहाँ सृजित गतिविधिहरूप्रति नेता महरले यस्तो टिप्पणी गरेका हुन्।

'खासमा खोतल्दै जाँदा, दुर्गा प्रसाईंजी, केपी ओलीजी र प्रचण्डजीको संयुक्त मार्सी भोजको फाईनल नतिजा हो, आजको घटना,' उनले फेसबूकमा लेखेका छन्।

उनले आफूहरू सधैँ अराजकतावादको विरुुद्धमा रहेको पनि बताएका छन्। 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प तानाशाही हुन सक्दैन,' उनले भनेका छन्।

आजको राजावादी प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ भने केही घर तथा गाडी जलाइएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App