सत्तारूढ दल नेकपा (एमाले) ले आपराधिक दुष्प्रयाविरुद्ध गोलबद्ध हुन आह्वान गरेको छ।
'सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछौँ,' पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
महासचिव पोखरेलले आजका राजावादी प्रदर्शनमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि सरकारसँग माग गरेका छन्।
'आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको एमाले घोर भर्त्सना गर्दछ। शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,' त्यहाँ भनिएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १९:४९ शुक्रबार