१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:३१ पूर्वाह्न
राजनीति

राप्रपाले भन्यो: तीनकुनेको प्रदर्शनमा हाम्रो नैतिक समर्थनमात्र हो

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीनकुनेमा भएको राजावादी आन्दोलन आफूहरूले नगरेको बताएको छ।

शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनमा आफूहरूको नैतिक समर्थन मात्र भएको तर आयोजना नगरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘शुक्रबार तीनकुनेमा गरेको प्रदर्शन राप्रपाले आयोजना गरेको होइन। यसमा राप्रपाले नैतिक समर्थन गरेको मात्र हो। राप्रपा हिंसात्मक आन्दोलनको पक्षमा कहिल्यै लाग्दैन।’

यद्यपि प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतको उपस्थिति थियो।

प्रकाशित: १५ चैत्र २०८१ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App