१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:५७ पूर्वाह्न
राजनीति

सरकारको लापरवाहीका कारण पार्टी कार्यालयमा आगजानी भयो : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले सरकारको लापरवाहीका कारण पार्टी कार्यालयमा आगजानी भएको बताएको छ।

'सरकारको लापरवाहीका कारण हाम्रो पार्टी कार्यालयमा तोडफोड भयो,' शुक्रबार (आज) साँझ पत्रकार सम्मेलन गरी महासचिव घनश्याम भुसालले भने।

उनले पार्टी कार्यालय वरपर त्यस्ता घटना हुनसक्ने भन्दै बिहान ११ बजे नै प्रहरी प्रशासनलाई जानकारी दिएको बताए।

'बिहान ११ बजे नै प्रहरी प्रशासनलाई जानकारी दिएको। फेरि पछि ३ बजेर १५ मिनेट जाँदा यहाँ आइसकेका थिए उनीहरू। त्यसबेला पनि जानकारी दिइएको । तर, प्रहरी ३ बजेर ५० मिनेट जाँदासम्म पनि आएका थिएनन्,' उनले भने।

राजावादीहरूले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए। त्यस क्रममा नजिकै रहेको एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड गरिएको थियो।

प्रकाशित: १५ चैत्र २०८१ १८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App