१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:२३ पूर्वाह्न
राजनीति

गृहले भन्यो- दुर्गा प्रसाईंको गतिविधि क्षमायोग्य छैन

गृह मन्त्रालयले राजावादी प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंको गतिविधि क्षमायोग्य नभएको बताएको छ।

शुक्रबार (आज) साँझ पत्रकार सम्मेलन गरी मन्त्रालयले यस्तो बताएको हो।

'पूर्वराजाका समर्थकहरूद्वारा तीनकुने क्षेत्रमा जुनखाले गतिविधि भयो, त्यो खेदजनक छ। यो संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग हो। दुर्गा प्रसाईं, जसले यो प्रदर्शनको नेतृत्व गरेको भनिएको छ। जुनखाले गतिविधि भयो, यो क्षमायोग्य छैन,' मन्त्रालयले भनेको छ।

दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मी मार्न खोजेपछि अवस्था भाँडिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App