१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:५६ पूर्वाह्न
राजनीति

राजावादीका 'टार्गेट' : मिडिया हाउस र पार्टी कार्यालय

शुक्रबार (आज) राजावादीहरूले काठमाडौंको तीनकुनेमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेका छन्। सुरुमै हिंसात्मक बनेको प्रदर्शनका क्रममा केही गाडी जलाइए, केही मान्छे घाइते भए भने केही घरमा समेत आगजानी भए।

तर, प्रदर्शनकारीहरूको मुख्य 'टार्गेट' चाहिँ पार्टी कार्यालयहरू र मिडिया हाउस थिए। उनीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा आगजानी गरेका छन्।

यस्तै तीनकुनेमै रहेको अन्नपूर्ण पोष्टको कार्यालयमा पनि तोडफोड गरिएको छ। त्यहाँ प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका छन्।

यस्तै उनीहरूले आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड गरेका छन्। त्यहाँ आगो नै लगाइएको छ। उनीहरूले ढुङ्गा हानेर कार्यालयको झ्याल तथा ढोका फुटाएका छन्।

उता पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजानी गर्ने प्रयास गरिएको थियो। प्रदर्शनकारीहरू पेरिसडाँडा तेर्सिएपछि त्यहाँ उच्च सुरक्षा अपनाइएको थियो।

प्रकाशित: १५ चैत्र २०८१ १७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App