१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:३७ पूर्वाह्न
राजनीति

तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते

तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याइएको छ। 

उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ। राजावादी समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो। 

प्रकाशित: १५ चैत्र २०८१ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App